पाटन । गोरखा भूकम्पको १० वर्ष पूरा भएको अवसरमा भूकम्प स्तम्भमा दीप प्रज्ज्वलन गरिएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले गोरखाको बारपाक केन्द्रबिन्दु भई २०७२ सालमा गएको भूकम्पको दश वर्ष पूरा भएको अवसरमा पाटन दरबार क्षेत्रमा रहेको भूकम्प स्तम्भमा दीप प्रज्ज्वलन गरेका हुन् । रासस