तेईस दिनदेखि सडकमै हाजिर, गर्मीले पनि आएन ऊर्जामा कमी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
902
Shares
काठमाडौँ । चैत २० गतेदेखि जारी भएको शिक्षक अन्दोलन आज २३ औँ दिन पुगेको छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगी औपचारिक कार्यक्रम गरेका छन् । उनीहरुले दैनिक तीन घण्टा आन्दोलन गरिरहेका हुन् ।
सो क्रममा उनीहरूले सडकमै हाजिर पुस्तिकामा हाजिर गर्दै आएका छन् । अनिवार्य उपस्थितिका लागि नेपाल शिक्षक महासंघले आग्रह गरेसँगै शिक्षकहरु दैनिक तीन घण्टा धर्नामा बस्दै आएका हुन् ।
सोही क्रममा आफ्नो जिल्ला जिल्लाका छुट्टै रजिष्टर बनाएर हाजिर गर्दै आएका छन् । हरेक विद्यालयबाट कम्तीमा एक जना उपस्थित हुने गरेका छन् ।
अहिले गर्मी बढेको भए पनि अनिवार्य उपस्थितिले गर्दा उनीहरुको ऊर्जामा कमी आएको छैन ।
संसद बैठक शुक्रबारदेखि बस्ने भएकाले शिक्षा ऐनको विषय प्राथमिकतामा राख्ने बुझिएको छ ।