arrow

कश्मीरमा आतंककारीद्वारा मारिएका बुटवलका सुदीपको शव घर ल्याइयो, परिवार शोकमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
sudip-ghar.jpg

काठमाडौँ । भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपानेको शव परिवारलाई जिम्मा लगाइएको छ । मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्‍याइएको थियो । 

बिहीबार बिहान नै शव परिवारको जिम्मा लगाइएको छ । सुदीपको शव आजै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुषमा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासि बन्दुकधारी आतङ्कवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । 

सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्धविच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ