काठमाडौँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
879
Shares
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा५७प ६१६६ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौँ सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।