arrow

शिक्षकको आन्दोलन जारी, खोले एक लेन सडक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
teachers-protest-82-1-10-(1.jpg

काठमाडौँ । अधिकारबाट कोही पनि वञ्चित हुनुहुँदैन । तर आफ्नो अधिकार माग्ने क्रममा अर्काको अधिकार हनन गर्ने अधिकार कसैलाई छैन । गत चैत २० गतेदेखि विधेयक संशोधन लगायतका सेवा सुविधाको माग गर्दै आन्दोलित सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलनका कारण यातायात व्यवसायी एवं सर्वसाधारण ठूलो मारमा छन् । 

माइतीघर, बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्र पूरै छेकेर शिक्षकहरु आन्दोलित भएका हुन् । जसका कारण उनीहरुले आन्दोलन गर्ने समयभर उक्त क्षेत्र वरिपरिको ट्राफिक व्यवस्था अस्तव्यस्त हुँदै आएको छ । 

शिक्षकहरुले सरकारले अहिलेसम्म आफूहरुसँग गरेको सहमति पालना नगरेको भन्दै यसपालि हक नपाएसम्म आन्दोलन नछाड्ने बताउँदै आएका छन् । 

२२ दिनदेखि जारी आन्दोलनले प्रभावित यातायात व्यवसायी र नागरिकले गरेको आग्रहअनुसार शिक्षकहरुले आज एक लेन सडक खुला गरिदिएका छन् । 

शिक्षकहरुले अहिलेसम्म तीनओटै लेन छेकेर आन्दोलन गर्दै आएका थिए । 

सहमतिअनुसार बानेश्वरदेखि माइतीघरसम्मको सडकको एक लेख खुला गरिएको छ । शिक्षकहरुले बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन गर्दै आएका छन् । 

teachers-protest-82-1-10 (1).jpeg
teachers-protest-82-1-10 (2).jpeg
teachers-protest-82-1-10 (3).jpeg
teachers-protest-82-1-10 (4).jpeg
teachers-protest-82-1-10 (5).jpeg
teachers-protest-82-1-10 (6).jpeg
teachers-protest-82-1-10 (7).jpeg
teachers-protest-82-1-10 (8).jpeg
teachers-protest-82-1-10 (9).jpeg
teachers-protest-82-1-10 (10).jpeg
teachers-protest-82-1-10 (11).jpeg
teachers-protest-82-1-10 (12).jpeg
teachers-protest-82-1-10 (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ