arrow

बन्न बाँकी कानूनहरुको सम्बन्धमा मन्त्रिपरिषद्को कार्यालयसँग समितिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । 

बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता (ध्ब्क्ज्) सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही/कार्य प्रगति र अगामी आवको बजेट-कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीको छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो साढे २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ