arrow

युएनस्केपमा परराष्ट्र मन्त्री

युएनस्केपमा परराष्ट्र मन्त्रीले के भनिन् ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
arju-1-8.jpg

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजू राणा देउवाले शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन भएको बताएकी छन् । सोमबारदेखि बैंककमा शुरु भएको संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको सम्बोधनमा उनले यस्तो बताएकी हुन् । 

एसिया तथा प्रशान्त क्षेत्रले अव्यवस्थित सहरीकरणको ठूलो समस्या भोगिरहेको बताइन् । उनले योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको उल्लेख गर्दै राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्नेमा जोड दिइन् । उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन् । 

मन्त्री डा.राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको बताइन् । परराष्ट्र मन्त्री राणाले वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ