arrow

राप्रपालाई गृह मन्त्रालयले चेतावनी दिँदै भन्यो– अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ६ शनिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई चेतावनी दिएको छ । अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै गृहले राप्रपालाई त्यस्ता गतिविधिमा नलाग्न चेतावनी दिएको हो । 

आइतबार राप्रपाले काठमाडौँका निषेधित क्षेत्र तोड्ने घोषणा गरेको अवस्थामा त्यसको पूर्वसन्ध्यामा गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही गरिने बताएको हो । 

“संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले गैरकानूनी क्रियाकलापमा संलग्न नहुन आग्रहसमेत गरेको छ ।

राप्रपाले लोकतन्त्रलाई चुनौती दिँदै राजसंस्था र हिन्दू धर्मको एजेन्डा बोकेर सडकमा उत्रिएको छ । 

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ