देशैभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि [फोटोफिचर]
देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै, १ देखि ५ वर्षसम्मका १९ लाखलाई जुकाको औषधि पनि
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ६ शनिबार
688
Shares
काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन देशभरका बालबालिकालाई ७५३ वटै स्थानीय पालिकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन शुरु गरेको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन थालेको हो ।
यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । यसैगरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने सरकारको लक्ष्य रहेको छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् ।
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा ८ जिल्लाबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।
प्रत्येक वर्ष कार्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।