arrow

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
supreme-court-photo-oli.jpg

काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । 

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । 

यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ