arrow

आठ पाकिस्तानीको निर्ममपूर्वक हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
pakistan-flag-human.jpg

काठमाडौँ । इरानमा आठ पाकिस्तानी मारिएपछि इस्लामाबादमा पनि हलचल मच्चिएको छ । पाकिस्तान सरकारले एक विज्ञप्ति जारी गर्दै दक्षिण पूर्वी इरानमा ८ पाकिस्तानी नागरिकको निर्ममतापूर्वक हत्या गरिएको जनाएको छ। 

मृतकको अझै सनाखत हुन सकेको छैन । यसरी मारिनेमा सबै सिस्तान–बलुचेस्तान प्रान्तको मेहरस्तानमा मारिएका हुन् । 

यो क्षेत्र पाकिस्तानको सीमासँग जोडिएको छ । पाकिस्तानले आफ्नो विज्ञप्तिमा तेहरानस्थित पाकिस्तानी दूतावास र जाहिदानस्थित वाणिज्य दूतावासले हत्याको अनुसन्धान गर्न इरानी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ। सबैको शव फिर्ता पठाइँदैछ।

मृतकको परिचय भने खुल्न सकेको छैन । उनीहरूको हत्याको कारण पनि खुल्न सकेको छैन । पाकिस्तानले जानकारी पाउने बित्तिकै शेयर गरिने बताएको छ। गत वर्ष पनि यस्तै घटना बाहिर आएको थियो ।

त्यसपछि इरानले पाकिस्तानमा रहेको जैश अल अदल समूहका आतंककारीमाथि हमला गरेको बताएको थियो । जवाफमा पाकिस्तानले इरानमा पृथकतावादी बलुच लिबरेसन फ्रन्ट र बलुच लिबरेशन आर्मीको स्थानमा आक्रमण गरेको बताएको थियो।

यी सबै आतंकवादी समूह पाकिस्तानको बलुचिस्तान र इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा सक्रिय छन् । दुवै क्षेत्र आतंकवादबाट प्रभावित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ