arrow

जीप दुर्घटनामा ११ जना घाइते, दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
accident-final.jpg

पोखरा । बागलुङको तमानखोलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बोङ्गादोभान बजारदेखि बराह तालतर्फ जाँदै गरेको ग१च ५७०५ नम्बरको जीप उकालोमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत ३० वर्षीया मुना विक, पशु शाखा प्राविधिक २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी २९ वर्षीय सचिन विक, प्राविधिक साहयक २३ वर्षीयको नवीन मल्ल छन् ।

यस्तै, गाउँपालिकाकी पूर्वउपाध्यक्ष ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, जीप चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला-२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए ।

जसमा सहायक प्रशासकीय अधिकृत मुना विक र प्राविधिक सहायक नवीन मल्ल गम्भीर घाइते छन् । उनीहरुकाे धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेकाे छ । 

अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको डीएसपी यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ