arrow

केएमसीको स्वास्थ्य टोली स्वयम्भूमा, पाँच सय बिरामीको निःशुल्क परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
kmc-81-12-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको स्वयम्भूमा  निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

भुइँखेल युवा क्लब स्वयम्भूको आयोजनामा स्वयम्भू भुइँखेल चौरमा भएको स्वास्थ्य शिविरमा ४ सय ६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७२ जनाको भिडियो रेक्सरे, ६८ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ६४ जनाको ईसीजी गरिएको थियो । 

२२ जनाको दाँत निकालिएको थियो भने २८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ