arrow

चारदेशीय टी–२०

नेपाल र हङकङ मैदानमा, नेपाल टस जितेर फिल्डिङमा, अब खेल जित्न बाँकी

जित्ने टोली फाइनलमा पुग्ने, हार्ने टोली तेस्रो स्थानका लागि भिड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
nep-hk-25-4-12.jpg

काठमाडौँ । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले आयोजक हङकङसँग खेलिरहेको छ । 

हङकङको मोङककमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यो खेल जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले तेस्रो स्थानका लागि खेल्नेछ ।


लगातार दोस्रो जित हासिल गर्दै नेपाल एक खेलअघि नै फाइनल नजिक पुगेको भए पनि कुवेत अप्रत्याशित तरिकाले खेलमा फर्किएसँगै फाइनलमा पुगेको छ । जसका कारण नेपाललाई अन्तिम खेल जित्नेपर्ने देखिएको छ । 

शनिबार बिहान भएको पहिलो खेलमा कुवेतले कतारमाथि ६ विकेटको जित हासिल गर्यो । 

योसँगै नेपाल र हङकङ खेल्नुअघि कुवेत ४ अंकसहित रनरेटमा नेपाल भन्दा माथि रहेर शीर्ष स्थानमा पुगेको छ । 

यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको नेपाल ४ अंकबाटै दोस्रो स्थानमा छ । रन रेटमा नेपाल पछि परेको हो । 

हङकङ राम्रो रनरेटसहित २ अंकबाट तेस्रो स्थानमा छ । हङकङ तेस्रोमा भए पनि रनरेट नेपालको भन्दा राम्रो भएकाले आज नेपाल र हङकङमध्येको विजेता टिमले कुवेतसँग फाइनल खेल्नेछ । 

त्यसकारण पनि यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ । कतार भने सबै खेल हारेर चौथो स्थानमा धकेलिएको छ । 

कतारले तेस्रो स्थानका लागि नेपाल वा हङकङसँग आइतबार खेल्नेछ । त्यस्तै उपाधिका लागि कुवेतले आइतबार नै नेपाल र हङकङबीचको विजेतासँग खेल्नेछ ।  

नेपाल र कुवेतको खेल
नेपालले जितका लागि १८६ रनको चुनौती १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपाललाई जिताउन अलराउन्डर कुशल भुर्तेलले ५० बलमा ८१ रन जोडे । 

त्यस्तै पहिलो विकेटका लागि कुशलसँग १२७ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ३८ बलमा ५३ रन बनाए । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोडे । गुल्सन झाले ३ बलमा अविजित रहँदै ९ रन बनाए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । 

कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । 

नेपाल र कतारकाे खेल
नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । 

आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 

पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए । 

त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए । 

दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो । 

कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ