गोरखा भूकम्पले विस्थापित सेतो मछिन्द्रनाथको मूर्ति जनबहाल मन्दिरमै प्रतिष्ठा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
734
Shares
काठमाडौँ । २०७२ सालको विनाशकारी गोरखा भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति जनबहाल मन्दिरमा पुनःस्थापना गरिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको हो ।
५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनःस्थापना गरिएको हो।
नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनःस्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ।
पुरातात्विक महत्व बोकेको यो मन्दिर २०७२ को भूकम्पमा गम्भीर क्षति पुगेपछि यसको पुनर्निर्माण शुरु गरिएको थियो। संरचनागत सुरक्षा सुनिश्चित गर्दै सम्पदाको मौलिकता जोगाउने गरी मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।