arrow

केएल राहुलले लिए बैंगलुरूमाथि बदला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
kl-rahul-2025.jpg

काठमाडौँ । दिल्ली क्यापिटल्सले आईपीएलमा बिहीबार भएको २४औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा चौथो जित दर्ता गरेको छ। बैंगलुरूले दिएको १६४ रनको लक्ष्य दिल्लीले केएल राहुलको अविजित ९३ रनको मद्दतले ४ विकेट गुमाएर १७.५ ओभरमै पुरा गर्‍यो।

चिन्नास्वामी स्टेडियममा भएको खेलमा केएल राहुलले ५३ बलमा ९३ रनको उत्कृष्ट अविजित पारी खेले। उनलाई ट्रिस्टन स्टब्सले ३८ रनमा राम्रो साथ दिए। बैंगलुरूका लागि विपराज निगमले दुई विकेट लिए पनि अन्य बलरले दिल्लीका ब्याट्सम्यानलाई रोक्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलुरूले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो। बैंगलुरूका लागि फिल साल्टले १७ बलमा ३७ रन र विराट कोहलीले २० बलमा २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। 

दिल्लीका लागि अक्षर पटेलले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। विपराज निगमले पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट हात पारे।

खेलमा केएल राहुल म्यान अफ द म्याच घोषित भए। यो जितसँगै दिल्ली क्यापिटल्स अङ्क तालिकाको दोस्रो स्थानमा कायम रहेको छ भने रोयल च्यालेन्जर्स बैंगलुरू तेस्रो स्थानमा छ । बैंगलुरूले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ।

आईपीएलको अक्सनमा यस वर्ष बैंगलुरूले राहुललाई रिलिज गरेको थियो । भने दिल्लीले उनलाई किनेको थियो । यसअघि राहुल बैंगलुरूबाट खेलिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ