arrow

ठाँटीमा जीप दुर्घटना, दुईको मृत्यु, नौ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
accident-final.jpg

मन्थली । रामेछापमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जीप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । 

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ