arrow

ट्रकमा स्कुटर ठोक्किँदा एकको मृत्यु, चालक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
accident-final.jpg

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कमा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १४ चाउथेका ५३ वर्षीय शिवराज कंडेल छन् ।

प्रहरीका अनुसार आज दिउँसो करिब १२ः१५ बजे बसपार्कको मोडमा ना५ख ६२२२ नम्बरको पछाडि ग१६प २०७५ नं को स्कुटर ठोक्किँदा दुर्घटना भएको छ ।

सो दुर्घटनामा स्कुटर चालक पोखरा-१४ चाउथेकी २३ वर्षीया सुस्मिता कंडेल गम्भीर घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक नुवाकोटका ३७ वर्षीय प्रकाश अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको प्रहरीले छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ