-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्त्व विभागको भ्रमण गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीबार समितिले पुरातत्त्व विभागको भ्रमण गर्ने जानकारी दिए ।
बिहीबार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरूसँग छलफल गरिने दाहालले जानकारी दिए ।
बैठकले समितिको वार्षिक कार्यतालिकाको समेत समीक्षा गरेको छ ।
समीक्षामा सहभागी सांसदहरूले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरू अभिलेखको रूपमा नराखिएको समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।