arrow

बारको नेतृत्व मिश्रको हातमा जाने पक्का, श्रेष्ठसँग दोब्बर भन्दा बढीको अन्तर [पूर्ण विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
nepal-bar-election-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल बार एसोसिएसनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले नेतृत्व गर्ने लगभग पक्का भएको छ । 

मतगणनाको तेस्रो दिन लोकतान्त्रिक समूहले  व्यावसायिक कानून व्यवसायी समूहको भन्दा  अग्रतालाई दोब्बर भन्दा पनि बढी बनाउँदै लगेपछि लोकतान्त्रिक समूहले जित्ने पक्का जस्तै भएको हो । 

अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले व्यवसायिकका अध्यक्षका उम्मेदवार रमन श्रेष्ठसँगको मतान्तर दोब्बर भन्दा बढी गरेका छन् । 

मतगणनाको बुधबारको गणनाअनुसार मिश्रले ३३८९ मत ल्याउँदा श्रेष्ठले १५४१ मतमात्र ल्याएका छन् । 

बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भइरहेको छ । अधिवक्ता राजु कैतीले ३८, अधिवक्ता आषिश पौडेलले ३३  र अधिवक्ता उज्वल घिमिरेले  १७ मत पाएका छन् । 

वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । सबै पदमा मिश्र प्यानल दोब्बर भन्दा बढी मतले नै अगाडि छ । 

बारमा नेपाली कांग्रेस निकट र नेकपा एमाले निकट अधिवक्ताहरुको प्रतिस्पर्धा हुँदै आएकामा यसपालि कांग्रेस र एमालेबीच नै गठबन्धन भएपछि माओवादी  र नेकपा एस निकटको गठबन्धन कमजोर भएको हो । 

 प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार ९५७ मतदाता रहेकामा ७ हजार ९९५ मत खसेको छ । 

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ