arrow

ओरालो लाग्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजार लगातार दोस्रो कारोबारको दिन पनि ओरालो लागेको छ । विश्व बजार नै उथलपुथल भएका बेलामा त्यसको बाछिटा नेपालमा पनि देखिएको हो । 

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३.४४ अंकले घटेको छ । कारोबार रकम पनि घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ । 

पाँच अर्ब ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार पाँच अर्ब ६५ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ