बारमा श्रेष्ठ प्यानलविरुद्ध मिश्र प्यानल दोब्बरले अगाडि [मत विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
1.6k
Shares
काठमाडौँ । नेपाल बार एसोसिएसनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले अग्रतालाई दोब्बर बनाएको छ ।
सो समूहले व्यावसायिक कानून व्यवसायी समूहलाई पछि पार्दै लगेको हो । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले व्यवसायिकका अध्यक्षका उम्मेदवार रमन श्रेष्ठसँगको मतान्तर बढाएका हुन् । पछिल्लो गणनाअनुसार मिश्रले १२९५ मत ल्याउँदा श्रेष्ठले ६८२ मतमात्र ल्याएका छन् ।
बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भइरहेको छ । अधिवक्ता आषिश पौडेलले ११, अधिवक्ता राजु कैतीले ६ र अधिवक्ता उज्वल घिमिरेले ३ मत पाएका छन् ।
वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । सबै पदमा मिश्र प्यानल दोब्बर मतले नै अगाडि छ ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेकामा ७ हजार ९९५ मत खसेको छ ।
बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।