arrow

राजतन्त्रको औचित्य छैन - माधव नेपाल

एमालेसँग तत्काल एकता असम्भव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
madhav-nepal-par.JPG

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनः स्थापना नहुने बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने । 

फरक प्रसङ्गमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए । साथै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ