arrow

जीप पल्टिँदा तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
jeep-accident-mustang.jpg

पोखरा । मुस्ताङमा आइतबार जीप दुर्घटना हुँदा जीप पल्टिँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौँ टोखा नगरपालिका वडा नं ७ का ११ वर्षीय दीपेन श्रेष्ठ, ६० वर्षीय चुनकुमारी श्रेष्ठ र ६३ वर्षीय धनलक्ष्मी श्रेष्ठ छन् । उनीहरुेको जोमसोमस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार कोरलानाकाबाट लोमान्थाङतर्फ आउँदै गरेको बीएइ ६५०१ नम्बरको स्कर्पियो जीप लोमान्थाङ गाउँपालिका  वडा नं २ न्यानोलस्थित सडकमै पल्टिएर दुर्घटना भएको हो । 

जीपमा चालकसहित नौ जना यात्रु रहेकामा छ जना सकुशल रहेका छन् ।

यात्रु काठमाडौँ टोखाबाट मुक्तिनाथ दर्शन र कोरला नाका घुम्न आएका थिए ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ