arrow

बारको राजनीति

बारमा पहिलो दिनको गणनामा मिश्रको प्यानल निकै अगाडि [विवरणसहित]

मंगलबार बिहान ८ बजेबाट पुनः मतगणना, कसले कति पाए मत ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
Nepal-bar-association.jpeg

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत शनिबार भएको मतदानको मतगणना भइरहेको छ ।

सोमबार दिउँसोदेखि थालिएको गणनाअनुसार अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले अग्रता लिएका छन् । 

उनले व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठसँग मतान्तर बढाएका छन् । सोमबारको अन्तिम गणनाअनुसार मिश्रले ७०७ तथा श्रेष्ठले ४३४ मत ल्याएका छन् । 

बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भइरहेको छ । अन्य अध्यक्षमा अधिवक्ता राजु कैतीले ५, अधिवक्ता उज्वल घिमिरे  २ र अधिवक्ता आषिश पौडेलले ६ मत पाएका छन् । 

बारको २५ नयाँ कार्यसमितिका लागि मतगणना भइरहेको हो । वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । सबै पदमा मिश्र प्यानल अगाडि छ । 

 मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् । उनले भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने रहेका छन् । 

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेकामा ८० प्रतिशत मत खसेको छ । 

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । 

झापा, इलाम, विराटनगर, धनकुटा, उदयपुर, सिरहा, रौतहट, सर्लाही, मोरङ, बाराको मतदान भइरहेको हो । मंगलबार बिहान ८ बजेबाट पुनः मतगणना हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ