arrow

बारमा मिश्रको प्यानल नै अगाडि [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
Nepal-bar-association.jpeg

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत शनिबार भएको मतदानको मतगणना भइरहेको छ । सोमबार दिउँसोदेखि थालिएको गणनाअनुसार अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले अग्रता लिएका छन् । 

उनले व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठसँग मतान्तर बढाएका छन् । पछिल्लो गणनाअनुसार मिश्रले ४८५ तथा श्रेष्ठले २९५ मत ल्याएका छन् । 

बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भइरहेको छ । अन्य अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे  र अधिवक्ता आषिश पौडेल रहेका छन् । उनीहरुको मत न्यून छ । 

बारको २५ नयाँ कार्यसमितिका लागि मतगणना भइरहेको हो । 

वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । प्यानलमा मिश्र प्यानल अगाडि छ । 

 मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने रहेका छन् । 

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेकामा ८० प्रतिशत मत खसेको छ । 

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ