arrow

हिमपहिरोमा हराएका चिनियाँ नागरिक १२ दिनपछि मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
Kaski_District.png

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ देउरालीस्थित चुम्रुङस्थित मादीनदी किनारमा चिनियाँ नागरिकको शव फेला परेको छ ।

यही चैत ११ गते हिमपहिरोमा परी २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन भएका थिए । उनको शव १२ दिनपछि फेला परेको हो ।

हिमपहिरो आएको दिनमा स्थानीय र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला पार्न सकिएको थिएन ।  त्यसैदिनदेखि कालिका गणबाट प्रहरी सहायक निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि खटिएको थियो ।

टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार शनिबार उनको शव भेटिएको कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ