कम तलब पाएको भन्दै चिकित्सकहरु आन्दोलित [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
732
Shares
काठमाडौँ । यो महिना आन्दोलनको महिना हो । यो महिनामा प्रायः गरिन्छ । माग गर्ने काम राजनीतिदेखि अन्य पीडित वर्ग जोसुकैको हुन सक्छ ।
सो क्रममा सबैभन्दा प्रतिष्ठित मानिने पेशा चिकित्सा क्षेत्रका पेशाकर्मीसमेत आन्दोलित भएका छन् । उनीहरुले पाउनु पर्ने तलब भन्दा निकै कम पाएको भन्दै आन्दोलन गरेका हुन् ।
नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरु आन्दोलित भएका हुन् । उनीहरुले पनि माइतीघरलाई आन्दोलनको थलो बनाएका छन् ।
मन्त्रिपरिषद्बाट पापिरत भएको न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनु पर्ने उनीहरुको माग छ । आफूहरुले जम्मा १९ हजार पाँच सय मात्र पाएको उनीहरुको दुःखेसो छ ।
उनीहरुले चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।