arrow

आईपीएलमा १५ वर्षपछि हरायो दिल्लीले चेन्नईलाई, पुग्यो शीर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
kl-rahul-dc-csk-ipl-2025.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणमा दिल्ली क्यापिटल्सको शतप्रतिशत नतिजा कायमै रहेको छ । 

चेन्नईमा चेन्नई सुपर किंग्समाथि जित हासिल गर्दै दिल्ली लगातार तेस्रो जितसहित शीर्ष स्थानमा पुगेको छ । 

दिल्ली २५ रनले विजयी भयो । दिल्लीले १५ वर्षपछि चेन्नईलाई हराएको हो । यसअघि सन् २०१० मा चेन्नईमाथि दिल्ली हावी भएको थियो । 

खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतिमा १८३ रन बनायो । केएल राहुलले ५१ बलमा ७७ रन जोडे । 

जवाफमा चेन्नईले ५ विकेटको क्षतिमा १५८ रन बनाउन सक्यो । विजय शंकरले ५४ बलमा अविजित रहँदै ६९ रन बनाए । 

त्यस्तै छैटौँ विकेटका लागि अविजित ८४ रनको साझेदारी गर्ने क्रममा महेन्द्र सिंह धोनीले २६ बलमा अविजित रहँदै ३० रन बनाए । यो खेल हेर्दा धोनीको पहिलेको जिताउने क्रेज घटेको पाइन्छ । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित पञ्जाब किंग्स दोस्रो, ३ खेलबाट ४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु तेस्रो, ३ खेलबाट ४ अंकसहित गुजरात टाइटान्स चौथो स्थानमा छ । 

५–५ पटकका विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सको ४ खेलबाट समान २ अंकमात्र छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ