arrow

कांग्रेस–एमालेको किल्लामा स्वतन्त्रले मारे बाजी

logo
नारायण वली,
प्रकाशित २०८१ चैत २३ शनिबार
banbatika-khimlal-pandey.jpg

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका राजनीतिक परिचक्रलाई हेर्ने हो भने स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरु जन्माएको ठाउँको रुपमा परिचित छ । 

जहाँ स्थानीय तहको राजनीतिबाट (पूर्वमेयर) हाल संघीय राजनीतिमा  फट्को मारेका एमाले नेता बासुदेव घिमिरे, वनबाटिका नजिकै घर भएका स्थानीयबासी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र तिलोत्तमा नगरपालिका वर्तमान मेयर रामकृष्ण खाँणको राजनीतिक खेल मैदान तिलोत्तमा नगरपालिका वडा १ र २ स्थित शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को चौथो अधिवेशनमा भएको निर्वाचनमा एमाले–कांग्रेसको आधार किल्ला (गठबन्धनलाई) हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल पाण्डे विजयी भएका छन् । 

एमाले तथा कांग्रेसको बलियो आधार इलाका मानिने शंकरनगरमा तिलोत्तमा नगरपालिकाको मात्रै नभई जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा चिनिँदै गएको वनबाटिकाको शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई फराकिलो मतान्तरले हराउँदै पाण्डे विजयी भएका हुन् । 

कुल ७७५ मतदाता मध्ये ६६१ मत खसेकोमा पाण्डेयले ३६९ मत प्राप्त गर्दै विजयी बने भने खरेलले २३४ मत ल्याए । यसैगरी अध्यक्षकै अर्का प्रत्यासी टीकादेवी आलेले ३९ मत प्राप्त गरेकी थिइन् । 

वनबाटिकाको स्थापनाकालदेखि नै सक्रिय रहेका पाण्डे सहसचिव, सचिव र उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । एमाले कांग्रेसले गठबन्धन बनाएपछि स्वतन्त्र उम्मेदवार बनेर पाण्डे निर्वाचनमा होमिएका थिए ।

उपाध्यक्षमा भने गठबन्धनकै उम्मेदवार मीनप्रसाद देवकोटा ३७८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्दी लेखबहादुर खड्काले १३२ र चन्दा थापाले १०९ मत ल्याइन् ।

सचिवमा विदुर केसी ३७९ मतसहित विजयी हुँदा गठबन्धनकी उम्मेदवार हरिकला अधिकारी ९कमला० ले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गरिन् । कोषाध्यक्षमा गठबन्धनबाटै मनिराम भट्टराई ३८५ मत ल्याएर विजयी हुँदा सौरभ भुसालले १७५ र उदयसिंह थापाले ६३ मत ल्याएका थिए ।

दुई जना लेखासमिति सदस्यका लागि ६ जना उम्मेदवार रहेकोमा सन्दिप भट्टराईले ३१३ र विष्णुप्रसाद सुवेदी २११ मत ल्याएर विजयी भए । त्यस्तै सदस्यहरुमा विन्दु ढकालले ३१२, शंकर भण्डारीले २९७, पार्वती क्षेत्रीले २८३, सरस्वती बरालले २३९, राममाया अर्याल पौडेल २२३, ज्योतिमाया थापा २१३ र लक्ष्मण मल्लले ११२ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ