arrow

गहुँमय खेतका फाँट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
wheat-field-81-12-23-(17).jpg

सिन्धुपाल्चोक । गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँबाली नेपालमा हिउँदमा खेती गरिने सबैभन्दा महत्वपूर्ण बाली हो ।

यो क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेती नेपालको तराईदेखि उच्च पहाडसम्म गरिँदै आइएको छ। नेपालमा आर्थिक वर्ष २०७९–८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन भएको थियो । 

हाल नेपालमा गहुँको औसत उत्पादकत्व २.९९ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।

नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन बढेको भए पनि गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने घट्न सकेको छैन । 

चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा १० हजार १ सय १२ मेट्रिक टन गहुँजन्य वस्तुको आयात भएको थियो । सो बापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै आर्थिक वर्ष २०७८–७९ मा २४ हजार ७ सय ८५ मेट्रिक टन वस्तु भित्रिएको छ । यसबापत १ अर्ब १६ करोड १६ लाख २६ रुपैयाँ बाहिरिएको छ ।

यतिबेला सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका खेतहरू गहुँले हरियाली देखिएको छ । 

सो क्षेत्रको प्रमुख खाद्य बालीमा आलु, गहुँ, मकै र कोदो रहेको एक स्थानीयले बताए । 
 

wheat-field-81-12-23 (1).jpg
wheat-field-81-12-23 (2).jpg
wheat-field-81-12-23 (3).jpg
wheat-field-81-12-23 (4).jpg
wheat-field-81-12-23 (5).jpg
wheat-field-81-12-23 (6).jpg
wheat-field-81-12-23 (7).jpg
wheat-field-81-12-23 (8).jpg
wheat-field-81-12-23 (9).jpg
wheat-field-81-12-23 (10).jpg
wheat-field-81-12-23 (11).jpg
wheat-field-81-12-23 (12).jpg
wheat-field-81-12-23 (13).jpg
wheat-field-81-12-23 (14).JPG
wheat-field-81-12-23 (15).JPG
wheat-field-81-12-23 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ