arrow

टिकटकमाथिको प्रतिबन्धको म्याद थपे ट्रम्पले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
TikTok-logo-720.jpg

काममाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार लोकप्रिय भिडियो–सेयरिङ एप टिकटकलाई गैर–चिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिवन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् । 

आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताए । 

आफूहरु चीनसँग राम्रो विश्वासका साथ काम गरिरहने आशा गरेको बताए । अप्रिल २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले निराधार राष्ट्रिय सुरक्षा चिन्ताहरू उद्धृत गर्दै बाइटडान्सलाई टिकटक बेच्न २७० दिनको समय दिने कानूनमा हस्ताक्षर गरेका थिए । 

जनवरी २० मा पदभार ग्रहण गरेका ट्रम्पले पहिले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ