मोहरियामा बस पल्टिँदा बीस यात्रु घाइते, चार गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
864
Shares
तनहुँ । जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् । डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरियामा अनियन्त्रित भई पल्टिएको हो ।
प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
“गाडी साहु र चालकको खोजी भइरहेको छ”, उनले भने, “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।”