केएमसीको स्वास्थ्य टोली बानेश्वरमा, साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
832
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको पुरानो बानेश्वरमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
पुरानो बानेश्वर टोलबासी संस्थाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५ सय ४६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ९८ जनाको भिडियो रेक्सरे, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ७६ जनाको ईसीजी गरिएको थियो ।
१८ जनाको दाँत निकालिएको थियो भने ३६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।