काठमाडौँ । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत २३ गते हुँदैछ । निर्वाचनमा दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दुई पक्षले प्यानल नै खडा गरेर चुनावमा होमिएका छन् । नेपाल बार एसोसिएसनको कार्यालय सिंहदरबारमा बुधबार दुवै पक्षबीच चुनावी परिचयात्मक कार्यक्रम भएको छ ।
चुनावमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले गरेका छन् ।
सातै प्रदेशका उपाध्यक्षमा पदमप्रसाद लिम्बू (कोशी), अजयशंकर झा (मधेस), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोख्रेल (लुम्बिनी), विवसकुमार बस्नेत (कर्णाली) तथा सिद्धराज आझा (सुदूरपश्चिम) रहेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ रहेकी छिन् ।
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, कोषाध्यक्षमा जगतबहादुर कार्की तथा १४ सदस्य रहेका छन् ।
यता व्यावसायिक कानून व्यवसायी समूहका तर्फबाट रमनकुमार श्रेष्ठले नेतृत्व गर्दैछन् । त्यस्तै उपाध्यक्षमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेस), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली) तथा पदमराज शर्मा (सुदूरपश्चिम) रहेका छन् । त्यस्तै महिला उपाध्यक्षमा दिना श्रेष्ठ रहेकी छिन् ।
महासचिवमा यज्ञमणि न्यौपाने, कोषाध्यक्षमा दीपक राई रहेका छन् । साथै विभिन्न क्लष्टरका १४ सदस्यका उम्मेदवार रहेका छन् ।
२३ गतेको निर्वाचनका लागि २१ गते रातिसम्म प्रचारप्रसार गर्ने समय रहेको छ । यतिबेला अधिवक्ताहरु व्यापक रुपले प्रचारप्रसारमा जोडिएका छन् ।