arrow

रुसी आक्रमणपछि युक्रेनमा हजारौँ मानिस विद्युत्विहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
russia-ukrine-attack.jpg

काठमाडौँ । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युत्विहीन भएका छन् ।

रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ ।

“आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत् ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,” युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए ।

फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत्गृहहरूमा निरन्तर हवाई आक्रमणहरू गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ