केएमसीको स्वास्थ्य टोली चुच्चेपाटीमा, साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
815
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको चुच्चेपाटीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
सेन्ट लरेन्स कलेज चाबहिलको आयोजनामा कलेजको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ५ सय ६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ११८ जनाको भिडियो रेक्सरे, ९८ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ९६ जनाको ईसीजी गरिएको थियो ।
२६ जनाको दाँत निकालिएको थियो भने २८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।