arrow

काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
ktm-valley-pollution-81-12-.jpg

काठमाडौँ । काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर भएको छ । पछिल्लो समय वर्षा पनि हुन नसक्नु र मौसम पनि खुल्न नसक्दा वायू प्रदूषणले काठमाडौँ सहर अस्तव्यस्त भएको छ । 

तुवाँलोका कारण हवाई उडानसमेत सहज हुन सकेको छैन । मंगलबार बिहान काठमाडौँको एयर क्वालिटि इन्डेक्स एक्यूआई २६८ रहेको छ । यो भनेको निकै प्रदूषित हो । 

दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई २२८ रहेको छ । तेस्रो स्थानमा थाइल्याण्डको चियाङ माई रहेको छ । चौथोमा चीनको वुहान तथा पाँचौँमा पाकिस्तानको लाहोर रहेको छ । 

स्वास्थ्य प्रतिकूल
काठमाडौँको प्रदूषणले रोग निरन्तर बढिरहेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार वायु प्रदूषणका कारण भाइरल बढिरहेको छ । रुघाखोकी बढिरहेको छ ।

त्यस्तै छालाको रोग हुने, आँखा चिलाउने लगायतका रोग पनि बढेको चिकित्सकहरु बताउँछन् । 

सकभर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाएर निस्कन पनि चिकित्सकहरुले आग्रह गरेका छन् । 

मौसमविद्हरु तत्काल काठमाडौँमा वर्षा हुने सम्भावना कम रहेको बताउँछन् । 

सरकारलेसमेत प्रदूषण कम गर्ने कुनै योजना बनाएको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ