संविधान त्रुटिपूर्ण छ, पुनः लेखन गर्नुपर्छ - उपेन्द्र यादव [भिडियो]
आफैँले ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ?
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
712
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटिपूर्ण रहेको भन्दै पुनः लेखन गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिबद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको बताए ।
उनले आफैँले ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? भन्दै प्रश्न गरे । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्न सके मात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ । सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।
उनले भने, ‘कांग्रेस–कम्युनिष्टहरुको प्रतिबद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैँ ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? अर्को, यो संविधान नै त्रुटिपूर्ण छ । संविधानलाई संशोधन गरेर पुनः लेखन गर्ने कुरा छ । संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ । जनताका चाहानाहरू र आवश्यकताहरू पुरा गरे मात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ । प्रदेशहरूलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन ।’