दुल्ली गाउँमा ट्रकको ठक्करले महिलाको मृत्यु, स्थानीय विरोधमा, चालक पक्राउ
जनकबहादुर शाही,
प्रकाशित २०८१ चैत १८ सोमबार
1.2k
Shares
हुम्ला । सर्केगाड ४ दुल्ली गाउँमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको ट्रकले सर्केगाड गाउँपालिका वडा ४ दुल्ली गाउँमा बिहान ११ बजे ठक्कर दिँदा सोही गाउँकी अन्दाजी ६० वर्षीया नानीकली थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान सर्केगाडतिर जाँदै गरेको भे १ ख ३७६४ नम्बरको ट्रकले सडकमा हिँडिरहेकी थापालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटना लगत्तै ट्रक चालकलाई सर्केगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । स्थानीयबासीले उक्त सडक अवरोध गरेर घटनाको विरोध गरेको हुम्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलले बताए ।
ट्रक चालकको लापरबाहीले थापालाई मारेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।