पत्रकार हत्या र आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
945
Shares
डोटी । नेपाल पत्रकार महासंघ डोटी शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा जिल्ला प्रशासन कार्यालय डोटीमार्फत ज्ञापनपत्र बुझाएको छ।
गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको घटनाप्रति महासंघले कडा आपत्ति जनाउँदै न्यायको माग गरेको छ।
महासंघका डोटी अध्यक्ष प्रकाश बमले जिल्ला प्रशासन कार्यालयका डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी तथा पत्रकार सहित विभिन्न पत्रकार संगठनहरूको सहभागिता रहेको थियो। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हमला सह्य नहुने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले पत्र केन्द्र सरकारलाई पठाउने बताउदै डोटीमा प्रेस मैत्री बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।