सुरक्षाकर्मीसँगको भिडन्तमा कम्तीमा १६ जना माओवादीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
1.9k
Shares
फाइल तस्बिर
छत्तीसगढ । भारतको छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ जना माओवादीको मृत्यु भएको छ ।
छत्तीसगढको सुकमा जिल्लाको जङ्गलमा शनिबार झडप भएको बताइएको छ ।
माओवादी जंगलमा लुकेर बसेको सूचना पाएपछि सुरक्षाकर्मीले त्यहाँ छापा मारेको थियो । अहिलेसम्म १६ माओवादीको शव फेला पारेको र यो संख्या बढ्न सक्ने बताइन्छ ।
सुरक्षा बलले माओवादीबाट ठूलो संख्यामा रकेट र ग्रेनेड लन्चर, असल्ट राइफल र अन्य हतियार बरामद गरेको छ । गत वर्ष माओवादीविरुद्ध सुरक्षा बलको कारबाहीमा दुई सय ८७ माओवादी मारिएका थिए ।
सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी माओवादी छत्तीसगढमा मारिएका छन् । दशकौंदेखि चलिरहेको नक्सल आन्दोलनमा हालसम्म १० हजारभन्दा बढीको ज्यान गएको छ ।