arrow

बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
accident-final.jpg

कैलाली । कैलालीमा भारती नम्बर प्लेटको ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारत उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुश बर्मा छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार दुर्घटनामा घाइते भएका २७ भारतीय नागरिकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

धनगढीस्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर कैलारी गाउँपालिका मनिकापुर सडकखण्डस्थित अनियन्त्रित भई सडक छेउको नालीमा खसेर दुर्घटना भएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 

दुर्घटनापश्चात् चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ