arrow

अर्घाखाँचीमा बस दुर्घटना: तीन जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
Accident-sign.jpg

अर्घाखाँची ।अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । 

प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ