arrow

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
itahari-central-plaza-fire-2081.jpg

इटहरी। इटहरीको मुख्य चोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए। आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झन्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।  

यसै गरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ। दश तले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो। भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो। हेलिकोप्टरद्वारा भवनमा फसेकाहरूको उद्धार गरेको छ। आगो निभाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ