इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
641
Shares
इटहरी। इटहरी बजारको मुख्य चोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ। सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ।
भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन्। बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिन्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।
भवन आगलागीका कारण धनजनको क्षति हुन नदिई सकुशल रूपमा उद्धार गर्न सकियोस् भनी नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाएको गृह मन्त्रालयले जनाएको छ।