काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणमा पन्जाब किंग्सले विजयी शुरुआत गरेको छ ।
पन्जाबले मंगलबार रातिको खेलमा गुजरात टाइटन्सलाई ११ रनले हरायो । नरेन्द्र मोदी रङ्गशालामा एको खेलमा पन्जाबले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २४३ रन बनायो ।
पन्जाबका लागि कप्तान श्रेयास ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे । शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे । प्रियांश आर्यले २३ बलमा ४७ रन जोडेका थिए ।
जवाफमा गुजरातले २० ओभरमा ५ विकेटको क्षतिमा २३२ रन मात्र बनाउन सक्यो ।
गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए । सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे ।
जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।