तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न समितिको निर्देशन [भिडियो]
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकियो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
492
Shares
काठमाडौँ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो । समितिको बैठकले मंगलबार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुङ्ग्याएको हो ।
समिति सभापति अम्मरबहादुर थापाले विधेयकको दफावार छलफलका आधारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मस्यौदा प्रतिवेदन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिए । उनले विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने समेत बताए ।
समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसद्मा ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । सभापति थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक समेत समितिमा पेस गर्न निर्देशन दिए । उनले ख्वप स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिबद्धता व्यक्त भएको भए पनि समितिले पटक पटक निर्देशन दिएको भए पनि हालसम्म संसद् दर्ता नभएको बताए । उनले संसद्को जारी अधिवेशनभित्र विधेयक संसद्मा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए ।