arrow

सिरहामा १३ दिन देखी हराएकी बालिकाको लाश बोराभित्र

logo
मुकेश कुमार यादव,
प्रकाशित २०८१ चैत १२ मंगलबार
madesh-pradesh-siraha-child-murdered.jpg

सिरहा। सिरहा १२ चैत। सिरहामा दुई सात देखी  हराइरहेकी बालिकाको लास बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ। गोलवजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षीय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो।

गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिइन्। आज मंगलवार फेला परेको लाश उनकै रहेको स्थानीयहरूले आशङ्का गरिएको छ। लाश गुलशना कै हो भनेर अहिले यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले जनाएको छ। उनले भने, ‘हामी घटना स्थलमा छौ। घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो भनेर यकिन गर्न  पोस्टमार्टम गराउन पठाउने  तयारी गरिरहेको बताए।’

स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पतो लागेको थिएन। छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएको दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ