भन्सार सम्बन्धी विधेयक अर्थ समितिबाट सर्वसम्मतिले पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
867
Shares
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुङ्ग्याउँदै सर्वसम्मतिले पारित गरेको हो । भन्सारसम्बन्धी समस्याहरूलाई समाधान गर्ने गरी लामो समयको छलफलपछि विधेयक पारित गरिएको समिति सभापति सन्तोष चालिसेले बताए।
व्यापार सहजीकरणको लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । समितिले विधेयकलाई प्रतिवेदनसहित छिट्टै सदनमा पेस गर्ने तयारी गरेको छ ।